neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बन्दाबन्दीको दोहरो मारमा रेष्टुरेण्ट व्यवसायिहरु

बन्दाबन्दीको दोहरो मारमा रेष्टुरेण्ट व्यवसायिहरु

Jun 3rd, 2020

रसना ढकाल

जेष्ठ २१ काठमाण्डौ

कोभिड १९ को रोकथामको लागि गरिएको बन्दाबन्दीको कारण रेष्टुरेण्ट पेशा धरापमा परेको र आफु कसरी बाच्ने भन्ने चिन्ताले सताएको रेष्टुरेन्ट व्यवसायिहरुले बताएका छन । विश्वास नेपालको आयोजनामा मंगलवार गरिएको विद्युतिय छलफलमा रेष्टुरेन्ट व्यवसायि संघका अध्यक्ष विजय नगरकोटीले , “बन्दाबन्दीको समयमा दोहोरो मारमा रेष्टुरेन्ट व्यवसायिहरु परेको” बताउनु भयो ।

उहाँले , “लामो समयसम्म यसरी रेष्टुरेन्टहरु बन्द हुदाँ त्याहा काम गर्ने श्रमिकहरुको अवस्था नाजुक भएको र स्व्यम सञ्चालकहरुको अवस्था दैनीय हुदै गइरहेको दुखेसो व्यक्त गर्नु भयो साथै घरबेटीले भाडा माग्न आउने पैसा दिएनौ भने बाहिरबाट चावि लगाइ दिन्छौ जस्ता धम्की प्रयोग गरिरहेको ” अध्यक्ष नगरकोटीले बताउनु भयो । यसैगरी रेष्टुरेन्ट व्यवसायि संघका सचिव रामहरि खडकाले , “बन्दाबन्दी खुले पनि रेष्टुरेन्टहरु पहिलेको अवस्थामा आइ नपुग्ने र यसको लागि नेपाल सरकारले घरभाडा छुट गराइ व्यवसायिहरुको पेशा जोगाउन आह्वान गर्नु भयो ” । नया वसपार्कका दोहरी संघका उपाध्यक्ष शंखर गुरागाइले , “बन्दाबन्दिको कारण दोहरी साझ र डान्सबारमा काम गर्ने महिला श्रमिकहरुको दैनिकी नै फेरीएको बताउदै रेष्टुरेन्टमा काम गर्ने महिलाहरु घर जान नपाएर विजोग भएको र दैनिक छाक टार्न राहत लिन जाँदा पनि नपाएको गुनासो गर्नुभयो ”।

व्यवसायिहरुबाट आएको समस्या उपर बोल्दै विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले ,“बन्दाबन्दीको कारण रेष्टुरेन्ट व्यवसायमा परेको असर बारे विश्वास नेपालले सरकार सँग जति सक्दो छिटो छलफल गर्ने र काम गर्ने श्रमिकहरुलाइ परेको समस्या बारेमा जानकारी दिइ निकाश तर्फ लाग्ने” प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा लेकबेसी रोधिघरका प्रवन्धन रमेश खडका , विश्वास नेपाली कार्यकारी निर्देशक बालकुमारी आले लगायतले मन्त्वय व्यक्त गर्नु भएको थियो ।

नेपालमा श्रम क्षेत्रको ठुलो स्थान ओगटेको रेष्टुरेन्टहरु काठमाण्डौमा मात्र २३० को हाराहारीमा सञ्चालनमा छन भने ३०० भन्दा बढि दोहोरी साझ र डान्सबारहरु छ । यि सबै रेष्टुरेन्टहरु कोभिड १९ को लागि नेपाल सरकारले गरेको बन्दाबन्दीको कारण बन्द भएका छन । याँहा काम गर्ने श्रमिकहरुको अवस्था झनै दैनिय हुदै गइरहेको छ । पछिल्लो समय मनोरञ्जन क्षेत्रमा युवाहरुको आकर्षण बढदै गएको र जीविको पार्जनको लागि राम्रो माध्यम पनि बनेको छ । विश्वास नेपालले स्थापना काल देखि श्रम र श्रमिकहरुको हक अधिकारको आवाज उठाउदै आइरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi