neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

Jun 2nd, 2020

रुपन्देही, जेठ २०

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौली स्थित सीमा ईलाकाबाट जेठ १९ गते एपीएफ टोलीले करीव एक लाख दुई हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको युरिया मल, चिनी, लत्ताकपडा, किराना सामान र हार्डवेयरका सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणबाट सशस्त्र प्रहरी निरीक्षक मिनराज भट्टको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भैरहवा भन्सार कार्यालय वेलहियामा बुझाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi