काठमाडौं ,२० जेठ
नेपालमा एकै पटक थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा २८८ जनामा सङ्क्रमण देखिएको बताए ।
तीमध्ये पुरुष एक हजार ९४९ र महिला १५० छन् । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।
योसँगै संक्रमितको कूल संख्या २०९९ पुगेको छ भने सङ्क्रमणबाट निको भइ २६६ जना घर फर्किसकेका छन् ।