neapl investment mega bank
  • गृहपृष्ठ
  • भारतबाट दिन प्रतिदिन सयौँको सङ्ख्यामा नेपाली नागरिक जुम्लामा भित्रिन थालेपछि क्वारेन्टिनमा राख्नै सकस

भारतबाट दिन प्रतिदिन सयौँको सङ्ख्यामा नेपाली नागरिक जुम्लामा भित्रिन थालेपछि क्वारेन्टिनमा राख्नै सकस

Jun 2nd, 2020

खलङ्गा, २० जेठ

भारतबाट दिन प्रतिदिन सयौँको सङ्ख्यामा नेपाली नागरिक जुम्लामा भित्रिन थालेपछि उनीहरूलाई क्वारेन्टिनमा राख्न यहाँका स्थानीय तहलाई सकस भएको छ । जिल्लामा भएका एकीकृत क्वारेन्टिन कर्णाली प्राविधिक शिक्षालय, लामास्थित दुर्गा मावि, कुडारीस्थित सरस्वती मावि र रारालिहीस्थित कुडारी मावि भरिभराउ भएका छन् । ती क्वारेन्टिनमा अहिले ६३० जनालाई राखिएको छ । थप क्वारेन्टिन बनाउन स्थानीय तहहरू लागिपरेको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।

यसअघि निर्माण व्यवसायी सङ्घको भवनमा बनाउने भनिएको क्वारेन्टिन स्थानीयवासीले अदातलमा मुद्दा हालेका कारण अघि बढ्न सकेको छैन । अदालतले हाललाई क्वारेन्टिन नबनाउन अन्तरिम आदेश दिएको निमित्त प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो । “क्वारेन्टिन बनाउने जिम्मेवारी पालिकाको हो । हामीले सुरक्षा दिने हो । हामीले दिएकै छौँ”, उहाँले भन्नुभयो, “क्वारेन्टिन बनाउन ठाउँठाउँ जाँदा स्थानीयवासीले अवरोध गरेका कारण सकिएको छैन, प्रशासनले मात्रै केही गर्न सक्दैन ।” स्थानीयवासीले बस्तीछेऊ क्वारेन्टिन बनाउन अवरोध गर्ने गरेका छन् । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi