neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • खर्च गर्न नसक्ने सरकारको बैदेशिक अनुदानमा महत्वाकांक्षी लक्ष्य

खर्च गर्न नसक्ने सरकारको बैदेशिक अनुदानमा महत्वाकांक्षी लक्ष्य

Jun 2nd, 2020

आधारभूमि संवाददाता

काठमाडौं,जेठ २०

सरकारले यो वर्ष ३ खर्ब ६० अर्ब बैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेको छ । स्रोत जटाउन राखिएको यो लक्ष्य धेरै नै महत्वाकांक्षी देखिन्छ ।

सरकारले यो वर्ष २ खर्ब ९९ अर्ब ऋण र ६० अर्ब बैदेशिक सहायता प्राप्त गर्ने लक्ष्य राखेको छ । तर बिगतका वर्षमा सरकारले खर्च गर्न नसक्दा यि लक्ष्य कागजम मात्र
सिमित भएका थिए ।

गएको चौध वर्षमा हाम्रो यथार्थ वैदेशिक अनुदान कहिल्यै ४६ अरब नाघेको छैन। त्यसैगरि वैदेशिक ऋण पनि हामीले भुकम्प आउनु अघीसम्म ३२ अरबभन्दा बढी आउन सकेको थिएन ।

दुई वर्ष अघी अर्थमंत्रीले अनुदान ५९ अरब अनुमान गरेर बजेट बनाए ।तर २३ अर्ब मात्रै आयो र गत वषए ५८ अरबको अनुमान गरियो अहिले संसोधन गरेर त्यो अनुमान ३२ अरब भएको छ।

पुनर्निर्माणको क्रममा अनुदानहरु बाँड्न तुलनात्मक रुपमा सजिलो हुने भएकोले भुकम्पपछी वैदेशिक ऋण बढेको थियो । एक वर्षमा हामीले लिएको सबैभन्दा धेरै ठुलो ऋण भनेको १ खर्ब २४ अरब रुपैयाँ हो।

सरकारले समयमै बिकास निर्माण काम सम्पन्न गर्न सक्दैन । जसका कारण बैदेशिक अनुदान लक्ष्य अनुसार प्राप्त हुँदैन । आर्थिक वर्ष २०७५÷७६ मा ११ खर्ब १० अरब रुपैयाँ खर्च भर्एको थियो जुन अहिलेसम्मको उच्च हो ।

अर्थशास्त्री विश्व पौडेल भन्छन् ‘महामारीको बेलामा कामहरु मंसिर पुषमा शुरु होला। र पनि सरकारले १४७५ अरबको खर्च गर्ने लक्ष राखेको छ, जुन अहिलेसम्मको सर्वा्धिक खर्च भएको वर्षको भन्दा ३३५ धेरै हो । जुन प्राप्त गर्न सकिने संभावना कम् छ। ’ उनका अनुसार अनुदान र वैदेशिक ऋणका लक्षहरु पनि अवास्तविक् छन

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi