neapl investment mega bank

गुडीरहेको ट्याक्टरबाट खसेर मृत्यु

Jun 2nd, 2020

संखुवासभा, २० जेठ

चैनपुर नगरपालिका-५ स्थित सडकमा डाँगीगाउँबाट चैनपुरतर्फ जाँदै गरेको को.२ त ५३०८ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरमा सवार २१ वर्षीया पेम्बाल्मु शेर्पाको सोमबार बिहान मृत्यु भएको छ । गुडीरहेको ट्याक्टरबाट अचानक खसेर गम्भीर घाइते भएकी उनको उपचारको लागि प्रथामिक स्वास्थ्य केन्द्र चैनपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi