neapl investment mega bank

चट्याङ लागेर मृत्यु

Jun 2nd, 2020

काठमाडौं, २० जेठ

मोरङ, सुनवर्सी नगरपालिका-६ तालगाछी बस्ने ३० वर्षीया निरुतु कुमारी दासको चट्याङ लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै बारीबाट मकै लिई घर आउने क्रममा चट्याङ पर्दा गम्भीर घाइते भई उपचारको लागि रंगेली टाइम्स अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

महोत्तरी, महोत्तरी गाउँपालिका-१ बस्ने ५५ वर्षीय ईन्दल यादवको चट्याङ लागेर सोमबार बिहान मृत्यु भएको छ । घर नजिकै रहेको चौरमा भैँसी चराउन गएको अवस्था चट्याङ लागेर उनको मृत्यु भएको हो ।

रुपन्देही, मायादेवी गाउँपालिका-५ बस्ने ५५ वर्षीया कमलावती यादव आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी रुपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-२ केवटलिया बस्ने ५५ वर्षीया चयनमती यादवको चट्याङ लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरदेखी अन्दाजी ५ सय मिटर टाढा तरकारी बारीमा गएको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको हो ।

धनुषा, मिथिला नगरपालिका-७ बथानगौरी जंगलमा घाँस काटेर घर फर्किने क्रममा पानी सहित परेको चट्याङ लागेर सोही नगरपालिका केम्लिपुर बस्ने ५० वर्षीया खिनमाया काफ्लेको सोमबार बिहान मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि ढल्केबरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi