neapl investment mega bank
  • गृहपृष्ठ
  • बाँके दुर्घटना : घाइतेको निःशुल्क उपचार गर्न अध्यक्ष दाहालको माग

बाँके दुर्घटना : घाइतेको निःशुल्क उपचार गर्न अध्यक्ष दाहालको माग

Jun 1st, 2020

काठमाडौँ, १९ जेठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा हिजो राति भएको सवारी दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । अध्यक्ष दाहालले आज एक वक्तव्यमार्फत दुर्घटनामा परी निधन भएका प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

उहाँले दुर्घटनामा घाइते हुनुभएको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरुको निःशुल्क स्वाथ्योपचारको माग गर्नुभएको छ । अध्यक्ष दाहालले भन्नुभएको छ, “लकडाउनको समयमा तीव्र गतिका कारण हुने गरेका यस प्रकारका सवारी दुर्घटना रोक्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण पनि गराउँछु ।” रासस

aadharbhumi
aadharbhumi
aadharbhumi