काठमाडौ, जेठ १९
नेपाल उद्योग परिसंघले यही जेष्ठ ५ देखि ८ सम्म आयोजना गरेको इकोनोमिक सरभाइभल सिरिजको पोष्ट वेबिनार रिपोर्ट सार्वजनिक गरेको छ । वेबिनार मार्फत परिसंघका अध्यक्ष सतिशकुमार मोर र वरिष्ठ आर्थिक पत्रकारहरुले रिपोर्टको स्क्रिन शेयर गरी पोष्ट वेबिनार रिपोर्ट सार्वजनिक गर्नु भएको हो ।
सो रिपोर्टमा कोभिड १९ बाट अर्थतन्त्रलाई कसरी बचाउने भनी भ्अयलयmष्अ क्गचखष्खब िथिममा रहेर यही २०७७ जेष्ठ ५ देखि ८ गते सम्म आयोजना गरिएको वेबिनारमा भएको छलफल र विचारहरु समेटिएको छ । वेबिनारको पहिलो सेशनका बैंकिङ क्षेत्रको पुनरोत्थान, दोस्रो सेशनमा कृषि र ऊर्जा क्षेत्रको बिकास र पुुनरोत्थान, तेस्रो सेशसनमा उद्योगको पुर्नसञ्चालन र चौथो सेसनमा अर्थतन्त्रको पुुर्नजिवनको बारेमा छलफल भएको थियो ।
वरिष्ठ आर्थिक पत्रकारहरु समेतको सहभागितामा रिपोर्ट सार्वजनिक गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले अहिलेको विषम परिस्थितीमा सामान्य वित्तीय नीति तथा व्यवस्थाको सहाराले अर्थतन्त्र बाँच्ननसक्ने उल्लेख गर्दै सवै मिलेर आर्थिक संकटको सामना गर्ने र पुनरुत्थानमा जुट्नआवश्यक रहेको निष्कर्ष यो रिपोर्टले प्रस्तुत गरेको बताए ।
रिपोर्ट प्रस्तुत गर्दै परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले वेबिनार छलफलमा उठेका विचार तथा सुझावका आधारमा कोभिड-१९ र लगातारको लकडाउनबाट सिर्जना भएको आर्थिक संकटबाट जोगिन अल्पकालीन राहत तथा दीर्घकालीन व्यवस्था मार्फत् अर्थतन्त्रलाई बचाउने उपायहरु रिपोर्टमा प्रस्तुत गरिएको बताए ।
परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले रिपोर्ट सार्वजनिक वेबिनारका सहभागी आर्थिक पत्रकार परिसंघका साझेदारहरुलाई धन्यवाद व्यक्त गरे । उपाध्यक्ष अग्रवालले प्रस्तुत रिपोर्टले कोभिड १९ ले अर्थतन्त्रमा देखिएका संकट समाधान गर्ने तर्फ अघि बढ्न सघाउने विश्वास लिइएको उल्लेख गरे । परिसंघले सम्बन्धित निकायहरुमा पनि यो रिपोर्ट प्रस्तुत गर्ने छ । सो वेबिनार तथा पोष्ट रिपोर्टको साझेदार फ्रस्ट एण्ड सुलिभान रहेको छ ।