काठमाडौ, जेठ १९
देव बिकास बैंकले १३ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले आज सोमबार संचालक समितिका अध्यक्ष उपरथी बज्र गुरुङ्ग (अ.प्रा.) को अध्यक्षतामा काठमाडौमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
कोभिड १९ को महामारीको अवस्थालाई मध्यनजर गरी बैंकको साधारण सभामा सम्पूर्ण आवश्यक प्रक्रिया पूरा गरी बैकका शेयरधनीहरु अनलाइन मार्पmत भरच्यूअली सभामा सहभागी भएका थिए भने सहभागी शेयरधनी महानुभावहरुले आ–आप्mनो मन्तव्य अनलाइन मार्पmत नै व्यक्त गरेका थिए । सभामा सामान्य प्रस्ताव अन्तर्गत देवः विकास बैंकको संचालक समितिको वार्षिक प्रतिवेदन, वाहृय लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५/७६ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिसम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत आर्थिक विवरणहरु समेत सर्वसम्मतिबाट पारित गरिएको बैंकले जानकारी दिएको छ ।
यसै गरी विशेष प्रस्ताव अन्तर्गत यस साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७५/७६ को वितरण गर्न योग्य नाफाबाट चुक्ता पूँजीको आठ दसमलव ५५ प्रतिशत अर्थात २७ करोड १६ लाख ४२ हजार एक सय २९ रुपैयाँ २९ पैसा बराबर बोनस शेयर प्रदान गर्ने प्रस्ताव समेत पारित गरिएको छ । बिशेष प्रस्ताव अन्तर्गत देबलाई कुमारी बैंकले प्राप्ति गर्ने र सो प्रयोजनका लागि सम्पत्ति दायित्व मूल्याकन प्रतिवेदन समेतका आधारमा यस बैंकको १ (एक) कित्ता शेयर बराबर कुमारी बैंकको ०.८६ (शुन्य दशमलब आठ छ) कित्ता शेयर दिने गरी शेयर आदान प्रदान अनुपात कायम गर्ने प्रस्ताव लगायत प्राप्ति सँग सम्बन्धित स्वीकृतीका लागि पेश गरिएको प्रस्ताव सर्वसम्मतिबाट पारित गरिको बैंकले जानकारी दिएको छ ।