neapl investment mega bank
  • गृहपृष्ठ
  • रातको समयमा सुन पसल चोरी गर्ने ब्यक्तिहरु पक्राउ

रातको समयमा सुन पसल चोरी गर्ने ब्यक्तिहरु पक्राउ

Jun 1st, 2020

काठमाडौ, जेठ १९

रातको समयमा सुन पसल चोरी गर्ने व्यक्तिहरु पक्राउ परेकाछन । महानगरी अपराध महाशाखा टेकुुका अनुसार चोरी कार्यमा संलग्न कास्कीको पोखरा घर भई हाल काठमाडौको गौगबुु बस्ने १७ बर्षिय मिलन तामाङ, नुुवाकोटको तारकेश्वर घर भई हाल काठमाडौंको ठमेल बस्ने ३१ बर्षिय प्रेम तामाङ र भारतको मोतिहारी घर भई हाल काठमाडौको ठमेल बस्ने २५ बर्षिय ऋषि मुुनि कुमार पक्राउ परेका हुुन ।

पक्राउ परेकाहरु मध्ये मिलन तामाङ चोरी कार्यमा संलग्न हुुने व्यक्ति रहेकाछन भने बाँकी चोरी गरेको सामान खरिद गर्ने कार्यमा संलग्न रहने व्यक्ति रहेको खुुलेको छ । पक्राउ परेका व्यक्तिहरुको साथबाट सुनको मंगल सुत्र एक थान, सुनको चन्द्रमा हार एक थान, चाँदीको पाउजुु २५ थान, चाँदीको किरिङ दुई थान, चाँदीको दियो एक थान, चाँदीको बच्चाको कल्ली सात थान, चाँदीको औठी तीन थान, चाँदी जन्तर दुुई थान, चाँदीको प्लेट तीन थान, चाँदीको बेरुवा वाला एक थान, चाँदीको ब्रासलेट एक थान, चाँदीको सिक्री एक थान र चाँदीका लकेट १३ थान बरामद भएको छ ।

प्रहरीका अनुसार बिश्वब्यापी महामारी कोरोना भाईरस कोबिड १९ मा भएको लकडाउनको मौका छोपी रातको समयमा बिगत केही समय देखी काठमाडौं उपत्यकाभित्र रहेका बिभिन्न स्थानमा चोरीका घटनाहरु घट्दै गएकोमा त्यस्ता चोरीका घटनालाई न्युनिकरण गर्नाको लागि महाशाखाबाट खटिएको प्रहरी टोलीले यही बैशाख छ गते रातीको समयमा का.जि. का.म.न.पा. सरकारीधारा स्थित नोर सुन चाँदी पसलको मुल ढोका फोडी प्रवेश गरि पसल भित्र रहेको बिभिन्न सुन तथा चाँदिका गर गहना समेत गरि अन्दाजी दुई लाख २३ हजार सात सय २० रुपैयाँ बराबरको धनमाल चोरी गर्ने कार्यमा संलग्न रहेका निम्न मानिसहरुलाई चोरी गरी लगेका बिभिन्न धनमाल सहित आज जेठ १९ गते सोमबार पक्राउ गरि आवश्यक कारबाहिको लागी महानगरीय प्रहरी बृत्त लैनचौर पठाईएको जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi