neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल विज्ञापन संघद्धारा लक डाउनको बिकल्प खोज्न आग्रह

नेपाल विज्ञापन संघद्धारा लक डाउनको बिकल्प खोज्न आग्रह

Jun 1st, 2020

काठमाडौ, जेठ १९

नेपाल बिज्ञापन संघ (आन) ले लक डाउनको बिकल्प खोज्न आग्रह गरेको छ । संघले बिज्ञप्ती जारी गर्दे आम नागरिकको स्वास्थ्य एवं जनजिविकालाई पुर्नविचार गर्दै लकडाउनको तरिकालाई बिश्लेषण गरी अन्य समाधानका उपायहरुको खोजि गर्न नेपाल सरकार समक्ष आग्रह गरेको हो ।

संघले बिज्ञप्ती जारी गर्दे भनेको छ, विश्वलाई नै आत्रान्त बनाइ रहेको कोरोना भाइरस कोविड १९ को रोकथामका लागि नेपाल सरकारले कोरोना भाइरस कोविड १९ को संक्रमण विस्तार हुन नदिन विश्वका अधिकाशं देशहरुले अपनाएको उपायहरु अवलम्वन गर्दे विगत २०७६ चैत्र ११ गते देखि देशव्यापीरुपमा लगाएको लकडाउनलाई पुनः२०७७ जेष्ठ ३२ गते सम्मका लागि कायम राख्ने निर्णय गरेसंगै लामो समयसम्मको लकडाउनले गर्दा आम सर्वसाधारण जनता एवं उद्योग, व्यवसाय, कल कारखाना, सेवा उद्योग, आमसञ्चार क्षेत्रमा पर्न जाने असरलाई हृदयंगम गरि विस्तारै सुरक्षिततवरवाट जनजिवनलाई सहज हुने गरि केहि खुकुलो पार्न आवश्यक भएकाले आमनागरिकको स्वास्थ्य एवं जनजिविकालाई पुर्नविचार गर्दै लकडाउनको तरिकालाई बिश्लेषण गरी अन्य समाधानका उपायहरुको खोजि गर्न नेपाल सरकार समक्ष नेपाल विज्ञापन संघ हार्दिक अनुरोध गर्दछ, संघले भनेको छ ।

उद्योग, व्यवसाय, कल कारखाना, सेवाउद्योग, आमसञ्चार क्षेत्रलाई निरन्तर वन्द गरि रहदा आम जनसमुदाय, उपभोक्ता, कामदार, मजदुर, व्यवसायी, पेशाकर्मी सञ्चालक, उद्योगिलाई आर्थिक रुपमाक्षतिका अलावा अरबौको लगानी समेत डुव्ने यर्थाथतालाई समेत सोचेर राज्यले एक अभिभावकको भमिका निर्वाह गर्दे रोगको माहामारी नियन्त्रण एवं व्यवसायको सञ्चालन दुवै पक्षलाई संगसंगै अगाडि वढाउन सरोकारवाला पक्ष तथा विशेषज्ञ समेतको परार्मश गरि मध्यम मार्ग प्रसस्त गर्न अपरिहार्य देखिन्छ । राज्यको सामु अहिले दुई प्रमुख चुनौति रहेकाछन ; एक आम सर्वसाधारणको बचाउ र अर्कोतर्फ आर्थिक कृयाकलापको सुचारु जसका लागि उद्योग व्यवसायीले सुरक्षिततवरबाट व्यवसायको क्रमिक सञ्चालन गर्ने र सरकारवाट पनि त्यसको उचित वातावरण वनाउन सुरक्षाकर्मिको परिचालन र अधिक भन्दा अधिक संक्रमित व्यक्तिहरुको जाँच परिक्षण गर्न जरुरी छ । साथै यस कार्यमा सर्वसाधारण र उद्योगि व्यवसायीको सहकार्य जरुरी छ । साथै नेपाल सरकारले जारी गरेको कोरोना भाइसरबाट बच्ने उपायहरुको पूर्णपालना गर्दै स्वास्थ्य सम्बन्धी जानकारीलाई सिरोपर गर्ने शर्तमा व्यवसाय तथा उद्योगहरु यथाशक्य सञ्चालनमा ल्याउनका लागि समेत संघ हार्दिक अनुरोध गर्दछ, संघले भनेको छ ।

यस नगरिए अन्यथा देश गहिरो आर्थिक संकटमा परी आमनागरिक भोकमरीको शिकार हुनसक्न ेतर्फ सचेत रहन समेत संघ सरकारको ध्यानाकर्षण गराएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi