neapl investment mega bank

बासको झ्याङ छेउमा मृत अवस्थामा फेला

Jun 1st, 2020

काठमाडौं, जेठ १९

सर्लाही, धनकौल गाउँपालिका ४ मैनाथपुरस्थित सडकमा रहेको बासको झ्याङ छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
रुकुम (पश्चिम), आठविसकोट नगरपालिका ३ खदी बस्ने ४५ वर्षीय गम्भिर बोहरा सोही ठाउँस्थित कुकुर लोटाउने नामको खोलामा आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

मोरङ, केराबारी गाउँपालिका ९ देबिझोडास्थित पैनीमा सोही ठाउँ बस्ने ५० वर्षीय मुकेश राई सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । स्याङजा, भिरकोट नगरपालिका ४ छाङछाड्दी मन्दिरस्थित धर्मशालामा बिगत १७ बर्ष अगाडि देखि बस्दै आएका वालिङ नगरपालिका ८ बोगटी डाँडा बस्ने अन्दाजी ७० वर्षीय गोपाल गिरी आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi