neapl investment mega bank
  • गृहपृष्ठ
  • शान्ति समाज स्थापनाको २५ वर्ष र छ जिल्लामा प्रदर्शन

शान्ति समाज स्थापनाको २५ वर्ष र छ जिल्लामा प्रदर्शन

Jun 1st, 2020

काठमाडौ, जेठ १९

मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाज २५ वर्षमा प्रवेश गरेको छ ।

२०५३ जेठ १९ गते स्थापित शान्ति समाजले स्थापना दिवसका सन्दर्भमा जेठ १९ गते बिहान काठमाण्डौ, रुपन्देही र दाङमा प्रदर्शन गरेको छ । कार्यक्रमका दौरान रुकुम पश्चिम घटनाको सत्य तथ्य छानविनका लागि संसदिय समिति गठन गर, दोषीमाथि कानुनसम्मत कारबाही गर, पिडितलाई न्याय ः पिडकलाई सजाय, समतामुलक समाज निर्माण गरौँ, जातीय विभेद अन्त्य गरौँ, शान्ति समाजको स्थापना ः सामाजिक न्यायका लागि लगायतका प्लेकाड प्रदर्शन गरिएको थियो ।

शान्ति समाज काठमाण्डौ शाखाद्वारा काठमाण्डौको जोरपाटीमा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रिय सभापति उत्तम पुडासैनीले साढे दुई दशक देखी शान्ति, न्याय र स्वतन्त्रताका पक्षमा शान्ति समाज क्रियाशील रहेको चर्चा गर्दै अभियानमा साथ दिने र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । संकटका बेला झनै सक्रिय हुने गरेको शान्ति समाजका विरुद्ध मानव अधिकारकै आवरणमा घृणा र विखण्डनको वकालत गर्ने केही व्यक्ति र संस्था भने सक्रिय देखिएको भन्दै सभापति पुडासैनीले राष्ट्रिय स्वाभिमानका पक्षमा शान्ति समाजको अभियान निरन्तर रहने बताउनुभयो । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले नेपालको लोकतान्त्रिक आन्दोलनमा शान्ति समाजले निर्वाह गरेको विशिष्ट भुमिकाको चर्चा गर्नुभएको थियो । कार्यक्रममा शान्ति समाजका सल्लाहकार होमकान्त चौलागाई, गोकर्णेश्वर वडा न. ५ का वडाध्यक्ष नारायण सुवेदी, शान्ति समाजका कोषाध्यक्ष रामकृष्ण बराल, पुर्व महासचिव कुमारराज सुवेदी, काठमाण्डौँ शाखा सभापति जगन्नाथ पुडासैनीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी शान्ति समाज रुपन्देही शाखाद्वारा रुपन्देही सैनामैना नगरपालिकास्थित मुर्गियामा आयोजित प्रदर्शनमा बोल्दै वरिष्ठ उपसभापति गोविन्द खनालले रुकुम पश्चिम घटनामा पिडितलाई न्याय र पिडकलाई सजाय नभएसम्म अभियान निरन्तर रहने बताउनुभयो । कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडी, शान्ति समाज केन्द्रिय सदस्य कृष्ण पंगेनी, विभागीय संयोजक लालहरी पाण्डे, रुपन्देही शाखा सभापति धनपति खनाल, अर्जुन ज्ञवाली, वडा न. ३ का वडाध्यक्ष रत्न बहादुर पाण्डे, नागरिक अभियन्ता नर बहादुर सुनार, नेपाल सिलाई संघका सुवास परियारले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शान्ति समाज दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित कार्यक्रममा बोल्दै शान्ति समाजका महासचिव सुशिल बस्नेतले रुकुम पश्चिम घटनामा सत्तारुढ नेकपाका केही प्रभावशाली नेताहरुले समाजलाई गुमराह गर्ने गरी खेलेको न्याय विरोधी भूमिकाप्रति आपत्ति व्यक्त गर्नुभयो । कार्यक्रममा नागरिक अभियन्ताहरु छवि परियार, शरद रेग्मी, डिल्लीराज धिताल, निर्मल नेपाली, उषा गौतम लगायत दर्जन बढी वक्ताहरुले शान्ति र सामाजिक न्यायका बारेमा प्रकाश पार्नुभएको थियो ।
शान्ति समाजको २५ औँ स्थापना दिवसका सन्दर्भमा सामाजिक न्यायका विषयमा केन्द्रित रहि विभिन्न जिल्लामा प्रदर्शन हुन गइरहेको छ ।

यसैगरी रुकुम पश्चिम चौरजहारीमा घटेको घटनाका सन्दर्भमा पिडितलाई न्याय ः पिडकलाई सजाय भन्ने आग्रहसहित जेठ १८ गते मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको आयोजनामा विराटनगरमा, कपिलबस्तु शाखाको आयोजनामा जितपुर ४ कपिलबस्तुमा र कैलाली शाखाको आयोजनामा टिकापुरमा विरोध प्रदर्शन गरिएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi