neapl investment mega bank
  • गृहपृष्ठ
  • मदन भण्डारी मार्गको २१ किमी सडक चौडा बनाउने काम सम्पन्न

मदन भण्डारी मार्गको २१ किमी सडक चौडा बनाउने काम सम्पन्न

May 30th, 2020

हेटौँडा, १७ जेठ

हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो मार्ग मदनभण्डारी मार्गको २१ किलोमिटर भाग फराकिलो बनाउने काम सम्पन्न भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले उक्त मार्गको भीमफेदीदेखि कुलेखानीसम्मको १५।५ किलोमिटर सडकखण्ड र मकवानपुरको सिस्नेरीदेखि काठमाडौँको दक्षिणकालीसम्मको छ किलोमिटर सडकखण्ड फराकिलो पार्ने काम सम्पन्न गरेको हो ।

लकडाउनका कारण सडक फराकिलो बनाउने काम अझ सहज भएको र काम छिटोछिटो भएको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बताउनुभयो । “लकडाउनको अवधिलाई हामीले भरपुर सदुपयोग गरेका छौँ, यो समयमा हामीले हेटौँडा काठमाडौँको यात्रा अवधिलाई करिब एक घण्टा छोट्याएका छौँ”, मन्त्री फुयाँलले भन्नुभयो । विगतमा औसत चार मिटर चौडा बाटो अहिले सातदेखि १० मिटरसम्म फराकिलो भएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री फुयाँलले उक्त सडकको थप काम अगाडि बढाउन प्राविधिक टोली तथा निर्माण व्यवसायीसँग छलफल गरिएको बताउँदै आगामी मङ्सिर महिनाभित्र सडक कालोपत्र गर्ने कार्य सम्पन्न गरिने बताउनुभयो । उहाँले अब चाँडै नै तारजाली, पर्खाल, सवबेस, नाली र ढलानको काम अगाडि बढाइने जानकारी दिनुभयो ।

भीमफेदीदेखि कुलेखानीसम्मको १५.५ किलोमिटर सडक फराकिलो पारी कालोपत्र गर्ने कार्यका लागि प्रदेश सरकारले रु ३२ करोडमा मोतीदाना कम्पनीलाई ठेक्का दिएको छ । मन्त्रालयले भीमफेदी–देउराली र देउराली–कुलेखानी गरी दुई खण्डमा निर्माण गर्नेगरी बोलपत्र आह्वान गरेको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले चार मिटरको हालको बाटोलाई छदेखि सात मिटरको चौडा बनाएर २०७७ फागुनसम्ममा कालोपत्र तथा ढलसमेतको काम सम्पन्न गरिसक्नुपर्ने हुन्छ । सम्भौतामा फागुन उल्लेख भए पनि सम्झौताअगावै काम सम्पन्न हुने जनाइएको छ । अलग्गै निर्माण कम्पनीले निर्माणको जिम्मेवारी पाएको सिस्नेरी– दक्षिणकाली सडकखण्डको निर्माण गति पनि द्रुत रहेको जनाइएको छ । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi