neapl investment mega bank
  • गृहपृष्ठ
  • फियन युवा समितिद्वारा सामाजिक उत्तरदायित्वलाई निरन्तरता

फियन युवा समितिद्वारा सामाजिक उत्तरदायित्वलाई निरन्तरता

May 30th, 2020

काठमाडौ, जेठ ७

नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियुुन) युवा समितिले कोभिड–१९ द्वारा सृजित लकडाउनको विषम परिस्थितिमा दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने ८२ घर परिवारहरुलाई खाद्य सामाग्री वितरण गरी केही सहयोग प्रदान गरेको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय समितिले विगतमा सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा यस विषम परिस्थितिलाई मध्यनजगर गर्दै फियन युवा समितिले सो कार्यक्रमलाई निरन्तरता दिएको हो ।

फियन युवा समितिद्वारा लकडाउनले मारमा रहेका अनौपचारिक क्षेत्रका गलैँचा श्रमिक र निर्माण सम्बद्ध श्रमिकहरुका ४० घर परिवारलाई भक्तपुरमा सहयोग प्रदान गरेको हो । त्यस्तै, रिक्सा ठेला श्रमिक, निर्माण सम्बद्ध र छापाखानाका श्रमिकहरुका ४२ घर परिवारलाई काठमाण्डौमा केही खाद्यान्न सामाग्री वितरण गरी सहयोग प्रदान गरेको छ ।

फियन, राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष धर्म प्रसाद खनालले लकडाउनका कारण समस्यामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई ठूलो सहयोग गर्न नसके पनि औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने सबै श्रमिक वर्ग नै भएकोले साथीहरुको दुःखमा साथदिनको लागि सहयोग कार्यक्रम गरिएको बताए । राहत वितरण कार्यक्रममा नेपाल टे«ड युनियन काँग्रेसका केन्द्रीय सदस्य बलदेव तामाङ्ग, फियनका बरिष्ठ उपाध्यक्ष धर्म प्रसाद खनाल, नेपाल अटो रिक्सा, ईरिक्सातथा रिक्सा ठेला सम्बद्ध श्रमिक संघका अध्यक्ष खिला बस्नेत, फियनका उपाध्यक्ष परशुराम खनाल, महासचिव हरिराज खरेल, फियन सहकारीका अध्यक्ष बासुदेव खत्री, नेपाल टे«ड युनियन काँग्रेस, भक्तपुर जिल्ला समितिका अध्यक्ष विष्णु खड्का, नेपाल टे«ड युनियन काँग्रेस, काठमाण्डौ जिल्ला समितिका निवर्तमान अध्यक्ष गणेश भट्टराई, युनिप्रेसका उपमहासचिव सुदिप बुढाथोकी लगायत फियन युवा समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

फियनयुवा समितिका अध्यक्ष जेम्स जोशीले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुलाई खाद्य सामाग्री वितरण गर्नको लागि सहयोग गर्नुभएका सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरे ।

aadharbhumi
aadharbhumi
aadharbhumi