neapl investment mega bank

एटिएम फुटाउँदै गरेका व्यक्ति पक्राउ

May 30th, 2020

आधारभूमि संवाददाता

भक्तपुर, जेठ १७

एटिएम मेसिन फुटाउँँदै गर्दा एक व्यक्ति पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार शनिबार बिहान सवा २ बजे मध्यपुर ठिमी नगरपालिका ६ बाहखा बजार स्थित सञ्जीब चित्रकारको घरमा रहेको एनआईसी एसिया बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक व्यक्ति पक्राउ परेका हुन ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक कदम्बास घर भइ हाल सोही वडाको नगदेशमा बस्दै आएका २१ वर्षीय सचिन तामाङ रहेकाछन । पक्राउ परेका तामाङको साथबाट एक थान ह्याम्बर, एक थान स्क्रु ड्राइभर, एटीएम मेसिनको बाहिरी कभर र रोलर बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी बृत्त ठिमीमा ल्याई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi