neapl investment mega bank
  • गृहपृष्ठ
  • बजेटको कारण आकाश छुने मुल्यबृद्धि हुुने : राप्रपा अध्यक्ष राणा

बजेटको कारण आकाश छुने मुल्यबृद्धि हुुने : राप्रपा अध्यक्ष राणा

May 30th, 2020

काठमाडौ, जेठ १७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोरा कल्पनामा आधारित बजेटको कारण आकाश छुने मूल्य वृद्धि हुने निश्चित रहेको बताएका छन् ।

‘यो बजेटको ठूलो हिस्सा कोरा कल्पनामा आधारित देखिन्छ । वेरोजगारी हटाउने आश्वासनका थुपै्र पोकाहरू बाँडिएका छन् । तर समाधान हुने ठोस आधार देखिदैन । अझ ठूलो चिन्ताको विषय त विकासलाई कसरी गति दिने भन्ने नै हो,’ अध्यक्ष राणाले भने ।

‘कोरोना भाइरस बढेर महामारीको रूप लिने स्पष्ट खतरा छ । स्वास्थ्य क्षेत्रको बजेट उल्लेख्य रूपमा बढाएको भए ता पनि बजेटले व्यवस्था गरेको विनियोजनले त्यो तहको महामारीलाई थेग्ने ल्याकत राख्दैन,’ उनले शनिबार भने । ‘

२०७७/०७८को बजेट सरसर्ती हेर्दा मैले देखेको समस्याहरू निम्न छन्’ राप्रपा अध्यक्ष राणाले भने ।

१. ३५५ घाटा भएको बजेटले आकाश छुने मूल्य वृद्धि निम्त्याउने पक्कै छ । त्यसलाई बजेटलाई कसरी सम्बोधन गर्छ ?

२. विप्रेषणबाट हुने विदेशी मुद्राको आम्दानी घट्छ । पर्यटनबाट त ठ्याप्पै हुन्छ । यसरी आयात गर्ने विदेशी मुद्राको खाँचो पर्छ । खाँचोका कारण या त हामीले आयात घटाउनु पर्छ या शोधानान्तर स्थितिको संकट बेहोर्नु पर्छ ।

३. जनताको हातमा नगद नभई माग बढ्दैन, माग नबढी अर्थतन्त्र नै चलायमान हुँदैन ।

४. कुल बजेटको २३.९५ मात्र विकास बजेट छ । त्यति थोरै पूँजीगत खर्चले कसरी ७५ को वृद्धिदर हासिल हुन सक्छ ? वृद्धिदरको लक्ष्य नै विकासयोग्य भएन ।

५. ऋणको किस्ता र ब्याज तिर्न बजेटको ११.७५ खर्च हुने प्रक्षेपण छ । के यो धान्न सकिन्छ ?

६. उद्योग र व्यवसायलाई कुनै अनुदान नदिई थोरै मात्र कर छुटको सुविधा दिइएको छ । कोरोना र त्यसले ल्याएको लकडाउनले थलिएको उद्योग व्यवसाय के यत्तिकैले पूनर्जि्वितर पूर्नस्थापित हुन सक्छ ?

७. अहिले विश्वको आर्थिक परिस्थिति (मन्दीको संभावना) हेर्दा बजेटले आश गरेको ऋण र अनुदान दुवै उपलब्ध हुने झिनो संभावना छ । त्यसैले बजेटले देखाएको ५ खर्ब ७४ करोड ३३ लाखको न्यून आन्तरिक वा वाह्य श्रोतबाट कसरी पूर्ति गर्ने भन्ने भरपर्दो आधार छैन ।