neapl investment mega bank
  • गृहपृष्ठ
  • सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सैनिक अधिकारीलाई कारवाही

सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सैनिक अधिकारीलाई कारवाही

May 29th, 2020

काठमाडौ, जेठ १६

नेपाली सेनाले सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सैनिक अधिकारीलाई कारवाही गरेको छ । शुुक्रबार बसेको समरी जनरल सैनिक अदालतबाट सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा सैनिक ऐन २०६३ बमोजिम एक जना अवकाश प्राप्त पाइलट उपरथीलाई नसिहत तथा रकम असुल उपर, आठ जना सैनिक अधिकृतहरुलाई सचेत र एक जना अधिकृत तथा नौ जना अन्य दर्जाहरुलाई सफाइ दिने गरी फैसला गरिएको छ ।

सेनाका अनुसार सैनिक हवाई महानिर्देशनालयमा विभिन्न किसिमका कमिकमजोरी भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको गत चैत चार गतेको राय सहितको प्रतिबेदनको आधारमा उक्त महानिर्देशनालयका तत्कालिन महानिर्देशक पाइलट उपरथी सुधिर श्रेष्ठ (अवकाश प्राप्त) सहित १९ जना प्रतिबादिहरु उपर सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको मुद्दा पुर्पक्ष गर्न रथीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतबाट देहाय बमोजिम गर्ने गरी यही जेठ दुुई गते भएको फैसला जेठ १६ गते अर्थात आज शुुक्रबार सुनाईएको हो ।

तत्कालिन सैनिक हवाई महानिर्देशक पाईलट उपरथी सुधिर श्रेष्ठ (अवकाश प्राप्त) महानिर्देशक रहेको अवधिमा ओहदा अनुसार कानुनतस् पालना गर्नु पर्ने प्रकृया र दायित्व पुरा नगरि सैनिक ऐन, २०६३ को दफा ५२ को खण्ड (झ) बमोजिमको कसुर गरेको प्रमाणित हुन आउनुका साथै ५८ लाख ९५ हजार पाँच सय ९० रुपैयां ५९ पैसा रकमको कुनै हिसाव किताव नराखी आर्थिक अनियमितता गरेको देखिएबाट सैनिक ऐन, २०६३ को दफा ४९ को खण्ड (क) र दफा ५२ को खण्ड (छ) वमोजिम कसुरजन्य कार्य गरेको प्रमाणित भएबाट निज प्रतिबादिबाट ५८ लाख ९५ हजार ५९ रुपैयाँ ५९ पैसा असुल उपर गर्ने ्तथा सोही ऐनको, दफा १०१ को उपदफा (१) को खण्ड (ञ) बमोजिम नसिहत दिने गरी ठहर फैसला भएको छ । सोही मुद्धामा अन्य आठ जना अधिकृतहरुले आफूलाई प्राप्त जिम्मेवारिलाई प्रभावकारी रुपमा सम्पादन नगरेको ठहर गरि सचेत गराउने गरी फैसला भएको छ । साथै अधिकृत एक र अन्य दर्जा नौ जनालाई अभियोग मागदावीबाट सफाई पाउने गरी ठहर फैसला भएको छ ।

नेपाली सेनाले पद्दती र प्रणालीमा आधारित संगठन सन्चालनमा जोड दिंदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई कारवाही गरिएको जनाएको छ । साथै, नेपाली सेनाले भ्रष्टाचारलाई उल्टाउनेको कडा नीति अख्तियार गर्दै भबिष्यमा समेत सैनिक अनुशासन र आचरण बिरुद्धको क्रियाकलापमा शुन्य सहनशिलताको नीति लिएको ब्यहोरा समेत जानकारी गराएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi