काठमाडौँ, १६ जेठ
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । र्घाखाँची भूमिस्थान घर भएका ३५ वर्षका ती पुरुषको भारतबाट नेपाल आउने क्रममा गत जेठ १० गते मृत्यु भएको हो ।
योसँगै कोभिड–१९ बाट मृत्यु हुनको सङ्ख्या नेपालमा ६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् । मृतकका नजिकका रहेका व्यक्तिको कन्ट्याक्ट टे«ेसिङको काम भइरहेको छ ।