neapl investment mega bank
  • गृहपृष्ठ
  • भक्तपुर उद्योग वाणिज्य संघद्धारा कोभिड १९ का बारेमा सचतेना

भक्तपुर उद्योग वाणिज्य संघद्धारा कोभिड १९ का बारेमा सचतेना

May 29th, 2020

भक्तपुर, जेठ १६

भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा आज कोविड १९ बाट हुन सक्ने संक्रमण र सोबाट बच्ने उपायहरुका सम्बन्धमा सचेतना अभिमुखिकरण कार्यक्रमको आयोजना भयो । संघ अन्तर्गत गठन भएको वस्तुगत संघ समन्वय समितिको संयाजनमा भएको उक्त कार्यक्रममा डा. इवामुरा मेमोरियल अस्पतालले प्राविधिक सहयोग पुर्याएको थियो ।

कार्यक्रममा वरिष्ठ छातीरोग विशेषज्ञ डा नविन प्रकाश साहले कोरोना फैलन सक्ने अवस्था र बच्ने उपायहरुका बारेमा विस्तृत जानकारी प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले सहभागीहरुलाई स्वागत गर्नुहुंदै उद्यमी व्यवसायीले संक्रमणबाट बच्ने पूरा उपायहरु अपनाउदै व्यापार व्यवसाय सञ्चालन गर्नु पर्ने बताए ।

यसैगरी उक्त कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दे संघका वरिष्ठ उपाध्यक्ष शिव प्रसाद मानन्धरले भक्तपुर उद्योग वाणिज्य संघले आर्थिक विकासका गतिविधिहरुमा मात्रै नभई सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउदै आएको बताए ।

त्यस्तै कार्यक्रममा वस्तुगत सदस्यतर्फका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक रोशन भोयद्योले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दे समग्र जिल्लाको छाता संगठनको रुपमा भक्तपुर उद्योग वाणिज्य संघ रहेको र जिल्लाका उद्यमी व्यवसायीहरुको समस्या समाधानका लागि पहल गर्नु संघको दायित्व रहेको बताए ।

भक्तपुर औद्योगिक क्षेत्र स्थित संघको सभाकक्षमा आयोजना भएको उक्त कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति लगायत भक्तपुर जिल्लाका विभिन्न वस्तुगत संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।