neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानसेनापतिद्धारा दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापतिद्धारा दर्ज्यानी चिन्ह प्रदान

May 29th, 2020

काठमाडौ, जेठ १६

नेपाल सरकार, मन्त्रीपरिषद्को जेठ १२ गतेको निर्णय अनुसार वीरेन्द्र अस्पतालमा कार्यरत प्राविधिक रथीबृन्द तथा अधिकृतहरुलाई आज शुुक्रबार जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेकाछन ।

सो समारोहमा प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका वीरेन्द्र अस्पतालका सहायक रथी डा. नगेन्द्र बहादुर के.सी., प्राविधिक सहायक रथी दर्जामा पदोन्नति भएका सोही अस्पतालका प्राविधिक महा सेनानी डा. भरत बहादुर भण्डारी र प्राविधिक महा सेनानी दर्जामा पदोन्नति भएका सोही अस्पतालका प्राविधिक प्रमुख सेनानी डा. सुमनराज डंगोललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुुन ।

साथै, पदोन्नति भएका प्राविधिक उपरथी डा. नगेन्द्र बहादुर के.सी.लाई सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारीमा नियुक्त गरेको छ भने अन्य रथीबृन्द तथा अधिकृतहरुलाई सोही अस्पतालमा पदस्थापन गरिएको सैनिक जनसम्पर्क निर्देशनलयले जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi