neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्र बैकले बैंक तथा फाईनान्सहरुमा २४ करोड ९३ लाख रुपैयाँ निक्षेप राख्ने

राष्ट्र बैकले बैंक तथा फाईनान्सहरुमा २४ करोड ९३ लाख रुपैयाँ निक्षेप राख्ने

May 29th, 2020

काठमाडौ, जेठ १६


राष्ट्र बैकले बाँणिज्य बैक, बिकास बैंक र फाईनान्स कम्पनीहरुमा २४ करोड ९३ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैकका अनुसार एक बर्षिय मुुद्धती निक्षेपकोरुपमा २०७७ असार एक गतेदेखि बिसं २०७८ जेठ ३१ गतेसम्मको लागि रकम राख्न लागिएको हो ।

राष्ट्र बैकका अनुसार लगानी गरिने कुल रकम मध्ये बाँणिज्य बैकहरुको लागि १९ करोड ९६ लाख, बिकास बैंकहरुको लागि तीन करोड ७३ लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड २४ लाख रुपैयाँ छुुट्याईएको छ । रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही जेठ २० गते मंगलबार अपरान्ह दुई बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।