neapl investment mega bank
  • गृहपृष्ठ
  • रुकम घटनाप्रति महासंघको गंम्भिर ध्यानाकर्षण

रुकम घटनाप्रति महासंघको गंम्भिर ध्यानाकर्षण

May 29th, 2020

काठमाडौ, जेठ १६

जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको ज्यान समेत जाने गरी घटेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले उक्त घटनाका बिषयमा बिज्ञप्ती जारी गर्दे भनेको छ, मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापित भई जातीय विभेद र छुवाछुतलाई अन्त्य गर्ने घोषणा भइसकेको अवस्थामा घटेको यो घटना मानव अधिकारविरुद्धको निकृष्ट ज्यादती हुुनुका साथै मानवताविरुद्धको जघन्य अपराध हो । मानव सभ्यतालाई नै कलंकित बनाउने यस किसिमका घटनाले मुलुकमा विद्यमान कानुनी शासनको समेत धज्जी उडाउने र समाज कुन दिशातर्फ जाँदै छ भन्ने प्रश्नसमेत खडा गरेको महासंघको ठहर छ । महासंघ जातीय विभेद र छुवाछुतको विषयलाई लिएर घटेको यस घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ । सिङ्गो समाजलाई नै स्तब्ध बनाउने यस किसिमका आपराधिक घटना दोहोरिन नदिन महासंघ सरकारको गम्भीर ध्यानार्कषण गराउँदछ ।

साथै, सोही घटनाका विषयमा भ्रामक समाचार सामग्री संप्रेषण नर्गन र पत्रकार आचारसंहिता भित्र रहेर सत्य तथ्य समाचार सामग्री मात्र संप्रेषण गर्न सञ्चार माध्यम र युट्युव सञ्चालकहरुलाई महासंघ हार्दिक अपिल गर्दछ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई समेत सत्यतथ्यमा आधारित अभिव्यक्ति सम्प्रेषण गर्न पनि महासंघले आग्रह गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi