काठमाडौ, जेठ १६
घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरसको संक्रमण विरुद्घ लड्न विभिन्न स्थानीय निकायहरुलाई आर्थिक सहयोग गरेको छ । लघुवित्तको शाखा कार्यालयहरु सुकदेव चौक, रौतहट, लौकाहा, रौतहट र विष्णुपुर, सिराहाका शाखा प्रबन्धकहरु क्रमशःराजेश राय यादवले यमुनामाई गाउँपालिकाका अध्यक्ष प्रसाद मुखियालाई, रुपेश कुमार झाले परोहा नगरपालिकाको मेयर शेष वकिललाई र अनिल कुमार यादवले विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवको उपस्थितिमा लेखापाल महेन्द्र यादवलाई सम्बन्धित प्रत्येक गाउँपालिका वा नगरपालिकाको कोरोना भाइरस (कोभिड १९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० हजार रुपैयाँका दरले तीन वटा स्थानीय निकायलाई जम्मा ३० हजार रुपैयाँ आर्थिक सहयोगको चेक हस्तान्तरण गरेका हुुन । यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखा परेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने समस्यामा परेका मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ ।
साथै संस्थाको शाखा कार्यालय महांकाल काठमाण्डौंका शाखा प्रबन्धक सविता अधिकारीले ४३ विपन्न सदस्यका घरपरिवारहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको जानकारी दिएकाछन ।