neapl investment mega bank

एपीएफ टोलीद्वारा लागूऔषध बरामद

May 27th, 2020

सप्तरी, जेठ १४

सप्तरी जिल्लाको छिन्नमस्ता गाँउपालिका ६ स्थित बखडिबाट जेठ १४ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषध बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटिएको एपीएफ टोलीले डाईलेक्स डिसी तीन सय बोतल, नाईट्रोसन ट्याब्लेट ८ पत्ता र स्पास्मो २३ पत्ता बरामद गरेको छ । च २ प ८३९३ नम्बरको मोटरसाइकलमा सवार व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै मोटरसाइकल सोही ठाउँमा छाडि फरार भएपछि उक्त मोटरसाइकलमा जाँच गर्दा उल्लेखित लागूऔषध फेला परेपछि बरामद गरिएको हो । एपीएफ टोलीले त्यसवेला उक्त मोटरसाइकल समेत बरामद गरेको छ । बरामद लागूऔषध तथा मोटरसाइकल स्थानीय प्रहरीमा बुझाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi