काठमाडौ, जेठ १४
नबिल बैंकले कर्णाली प्रदेशलाई सहयोग गरेको छ । बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पु¥याउने उद्देश्यले कर्णाली प्रदेश सरकारलाई आफ्नो प्रदेश अस्पताल, विरेन्द्रनगर सुर्खेतमा एक थान पि सि आर मेसिनका निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रु. २८ लाख २५ हजार आर्थिक सहयोग गरेको छ ।
सो आधुनिक एवं उच्च क्षमताको मेसिनबाट नमुना छिटो र उच्च परिमाणमा परिक्षण गर्न सहयोग भै, पहिचान, उपचार तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग हुने बैंकले जनाएको छ ।