neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत बिहीबार ४ बजे

आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत बिहीबार ४ बजे

May 27th, 2020

काठमाडौँ, १४ जेठ (रासस)

आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण (बजेट) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ । नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ः४५ बजेअगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गर्नुभयो ।

आजको बैठकमा सभामुख सापकोटाले सार्थक वार्ता र संवादका निम्ति सुझाव र अध्ययनका लागि गत साउन २० मा गठित कार्यदलको अवधि संसद्को चालू अधिवेशनसम्म कायम हुने गरी गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । संयुक्त बैठकपछि बिहीबार साँझ ६ बजे प्रतिनिधिसभाको अर्को बैठक बस्नेछ ।