neapl investment mega bank

बेलझुण्डीका आठ सङ्क्रमित नेगेटिभ

May 27th, 2020

’ तुलसीपुर, १४ जेठ(रासस)

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेका आठ सङ्क्रमितको स्वाब परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ । सोह्र जनाको स्वाब परीक्षण गरिएकामध्ये बाँकेका तीन, कपिलवस्तुका चार र दाङका एक जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताउनुभयो ।

पहिलो एक हप्तामा जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको भए पनि दोस्रो पटक परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि मात्रै डिस्चार्ज गरिने जनाइएको छ । उहाँका अनुसार अन्य आठ जनाको रिपोर्ट भने पोजेटिभ नै आएको छ । अहिले अस्पतालमा बाँकेका आठ, कपिलवस्तुका ६, दाङका तीन, बर्दियाका पाँच र रुपन्देहीका तीन गरी २५ सङ्क्रमितलाई राखेर उपचार गरिएको छ ।