neapl investment mega bank
  • गृहपृष्ठ
  • क्वारेन्टिनमा मृत्यु भएकी महिलाको शव व्यवस्थापन

क्वारेन्टिनमा मृत्यु भएकी महिलाको शव व्यवस्थापन

May 26th, 2020

झिमरुक, १३ जेठ(रासस)

क्वारेन्टिनमा मुत्यु भएकी प्युठान, ऐरावती गाउँपालिका –ं ६ की २६ वर्षीया महिलाको शव व्यवस्थापन गरिएको छ । महिलासँगै बसेका परिवारका पाँच सदस्य आरडिटी रिपोर्ट नेगेटिभ आएको र मृतकको पिसिआर रिपोर्ट आउन बाँकी रहेका कारण सुरक्षा सतर्कताका साथ परिवारको सहमतिमा शव जङ्गलमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।

लामो समयदेखि भारतमा बे्रन ट्युमरको उपचार गराउनुभएका उहाँलाई चिकित्सकले निको नहुने बताएपछि उहाँ स्वदेश फर्किएर यही जेठ ८ गतेदेखि क्वारेन्टिनमा बस्नुभएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi