neapl investment mega bank
  • गृहपृष्ठ
  • पूर्व राज्यमन्त्री चौधरीको निधनप्रति समवेदना

पूर्व राज्यमन्त्री चौधरीको निधनप्रति समवेदना

May 26th, 2020

काठमाडौँ, १३ जेठ (रासस)

पूर्व सांसद मञ्च नेपालले पूर्व राज्यमन्त्री दुर्योधनसिंह चौधरीको असामयिक निधनप्रति समवेदना प्रकट गरेको छ ।

मञ्चका उपाध्यक्ष विष्णुबहादुर राउतले आज एक प्रेस विज्ञप्ति जारी गरी विसंं २०४८, ०५१ र ०५६ सालमा रुपन्देही जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित पूर्व राज्यमन्त्री चौधरीको यही जेठ ९ गते असामयिक निधन भएकोप्रति समवेदना प्रकट गरेको हो ।

मञ्चले पूर्वराज्यमन्त्री चौधरीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दैै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi