neapl investment mega bank
  • गृहपृष्ठ
  • लायन्स क्लबद्वारा सातवटा सीमा सुरक्षा पोष्ट निर्माण

लायन्स क्लबद्वारा सातवटा सीमा सुरक्षा पोष्ट निर्माण

May 26th, 2020

दमक, १३ जेठ (रासस)

देशभरका विभिन्न १२ वटा लायन्स क्लबले संयुक्तरुपमा झापाका सातवटा क्षेत्रमा सीमा सुरक्षा पोष्टको संरचना निर्माण गरेका छन् ।

सुरक्षा पोष्ट संरचना नहुँदा अस्थायीरुपमा बारबेरा गरी खटिआएका सुरक्षाकर्मीको काममा सघाउ पु¥याउन करिब रु चार लाख खर्चिएर जिल्लाको माईपश्चिमका सातवटा पोष्ट निर्माण गरिएको कार्यक्रम संयोजक प्रकाश प्रसाईंले जानकारी दिनुभयो । उहाँका अनुसार लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ अन्तर्गतका दमक, उर्लाबारी, विराटनगर र काठमाडौँका गरी १२ वटा क्लब मिलेर ती संरचना निर्माण गरिएकोे हो ।

गौरीगञ्ज गाउँपालिका वडा नं २ स्थित लालमतिमा हिजो एक कार्यक्रम गरी नवनिर्मित सुरक्षा पोष्ट सशस्त्र सीमा सुरक्षा बललाई हस्तान्तरणसमेत गरिएको छ । सुरक्षा पोष्ट हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ सेविकाले लायन्सले निर्माण गरेको सातवटै पोष्टका लागि वाटर डिस्पेसरसमेत प्रदान गरिएको थियो ।

सो अवसरमा प्रदेश नं १ का उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले सीमा सुरक्षा पोष्टको अनुगमन गर्नुभएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi