neapl investment mega bank
  • गृहपृष्ठ
  • ब्राजिलमा कोरोनाभाइरसबाट २३ हजारको मृत्यु

ब्राजिलमा कोरोनाभाइरसबाट २३ हजारको मृत्यु

May 26th, 2020

ब्रासिलिया, १३ जेठ (रासस–एएनआई)

ब्राजिलमा बितेको २४ घण्टाभित्र ११ हजारभन्दा बढी नयाँ कोरोनाभाइरसबाट संक्रमित व्यक्ति फेला परेका छन् । योसहित ब्राजिलमा कूल संक्रमितको संख्या तीन लाख ७४ हजार ८९८ पुगेको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सहित ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमण भएर मृत्यु हुनेको संख्या २३ हजार ४७३ पुगेको छ । दक्षिण अमेरिकी मुलुकहरुमध्ये ब्राजिलमा सबैभन्दा बढी मानिसको संक्रमणबाट निधन भइसकेको छ ।

विश्वमै संयुक्तराज्य अमेरिकापछि कोरोनाभाइरसबाट सर्बाधिक प्रभावित दोस्रो मुलुक ब्राजिल हो । अमेरिकामा कूल संक्रमितको संख्या १७ लाख नाघिसकेको छ ।