neapl investment mega bank
  • गृहपृष्ठ
  • राजाको फोटो अंकित नोट रद्द गर्ने सरकारको कदम पूर्वाग्रही

राजाको फोटो अंकित नोट रद्द गर्ने सरकारको कदम पूर्वाग्रही

May 25th, 2020

काठमाडौ, जेठ १२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले राजाको फोटोअंकित नोट रद्द गर्ने सरकारको कदम पूर्वाग्रही र विरोधाषपूर्ण रहेको टीप्पणी गरेका छन् ।

‘राजाको फोटोअंकित नोट रद्द गर्ने सरकारले, राजाको शासनमा बनेका प्रधानमन्त्री निवास, राष्ट्रपति निवास, प्रतिनिधिसभा भवन, प्रदेशसभा भवन, सिंहदरबार, राजमार्गहरू सबै आजैबाट रद्द गर्छ त ?’ नेता लावतीले सोमबार भने ।

यसै सन्दर्भमा उनले ट्वीट गर्दै भने, ‘प्रधानमन्त्री केपी ओली कुन नैतिकताले बालुवाटारमा बसीरहने ?’ राज्य संचालन निषेध र पूर्वाग्रहमा नभएर अविछिन्न उत्तराधिकारमा आधारित हुनुपर्छ भन्ने लावतीको भनाइ छ । यही तर्क प्रस्तुत गर्दै सरकारको पछिल्लो कदमप्रति उनले टीप्पणी गरे, ‘विरोधाभाष हजम भएन ।’