neapl investment mega bank
  • गृहपृष्ठ
  • माछापुच्छ्रे बैंकको नयाँ एमबिएल अनलाईन बैंकिङ — नो लाइन बैंकिङ

माछापुच्छ्रे बैंकको नयाँ एमबिएल अनलाईन बैंकिङ — नो लाइन बैंकिङ

May 25th, 2020

काठमाडौ, जेठ १२

माछापुच्छ्रे बैंकले डिजिटल बैंकिंगको क्षेत्रमा फड्को मार्दै एमबिएल अनलाईन बैंकिङ सेवालाई अपग्रेड गरेको छ । अब नो लाईन बैकिङ भन्ने नाराका साथ बैंकले कोभिड १९ महामारीको समयमा अब बैंकिंग सुविधा उपयोग गर्न लाइनमा बस्न नपर्ने भन्दै अनलाईन बैंकिंग सेवालाई अपग्रेड गरेर प्रस्तुत गरेको हो । यससँगै बैंकका ब्यवसायिक तथा ब्यक्तिगत दुवै खालका ग्राहकलाई घर वा कार्यालयमै बसी अधिकतम बैकिग सेवा थप सरल र सुरक्षिततवरले उपयोग गर्न सहयोग गर्ने छ ।

ब्यवसायिक ग्राहकहरुलाई लक्षित गर्दै थप अत्याधुनिक सुविधाहरुको साथमा ल्याईएको सेवा अन्तर्गतको कर्पोरेट बैकिंगले ब्यवसायिक तथा कर्पोरेट हाउसहरुलाई बैंकसम्म नपुगि सुरक्षित साथ माछापुच्छ्रे बैंकमा रहेको आफ्नो खाताबाट विभिन्न कारोवार गर्न सक्नेछन् । विशेषत यस सेवामार्फत अन्तर बैक रकमान्तर , कनेक्ट आईपिएस, स्टेटमेन्ट हेर्ने लगायतका सेवा उपलब्ध रहेको छ । त्यस्तै यस सेवामार्फत ब्यवसायिक तथा कर्पोरेट हाउसहरुले आफै तलव ब्यबस्थापन गर्न सक्नेछन् ।

बैंकको अनलाईन बैंकिङ्ग मार्फत ब्यक्तिगत ग्राहकहरुले पनि बिभिन्न बैंकिङ्ग कारोबार जस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरूमा रहेका खातामा रकमान्तर गर्न, क्रेडिट कार्डको बिल पेयमेन्ट गर्न, इसेवा, खल्ती लगायतका वालेटहरुमा पैसा लोड गर्न, मोवाइल टप अप गर्र्न, बत्ति पानीको पैसा तिर्न लगायतका सेवा उपयोग गर्न सकिन्छ । त्यसै गरी बारम्बार तिर्नुृ पर्ने रकमलाई सेडुुअल गरी तिर्न सकिने छ । यो सेवा लिएका ग्राहकहरुले मुद्दती खाता समेत यसै सेवामार्फत खोल्न सक्नेछन् । बैंकको अनलाईन बैंकिंगको परिष्कृत भर्सन थप सुविधाहरुका साथ थप सरल र थप सुरक्षित रहेको छ ।