neapl investment mega bank
  • गृहपृष्ठ
  • सर्जिकल सामग्रीमा बढी मूल्य लिएको भेटिएपछि तीन औषधालयलाई कारवाही

सर्जिकल सामग्रीमा बढी मूल्य लिएको भेटिएपछि तीन औषधालयलाई कारवाही

May 24th, 2020

काठमाडौँ, ११ जेठ (रासस)

स्थानीय वीर अस्पताल अगाडि सञ्चालित तीन औषधि पसललाई कारवाही गरिएको छ । बजार अनुगमनका क्रममा सर्जिकल सामग्रीमा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहीस्वरुप जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार हनुमान फर्माले हाइ मास्कलाई बढी मूल्यमा बिक्री गरेको तथा मेगन फार्मेसी र पवित्र प्रोग्रेस फार्मेसीले केएन ९५ मास्क बढी मूल्यमा बिक्री गरेको पाइएकाले जरिवाना गरिएको हो । ती औषधालयले प्रतिमास्क रु १० देखि रु २३ सम्म नाफा लिएको भेटिएपछि उक्त पसललाई जरिवाना गरिएको विभागले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi