neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रथम महिला न्यायाधीशको निधनमा चिरशान्तिको कामना

प्रथम महिला न्यायाधीशको निधनमा चिरशान्तिको कामना

May 24th, 2020

काठमाडौँ, ११ जेठ (रासस)

सर्वोच्च अदालतको आज बसेकोे आकस्मिक पूर्ण बैठकले सर्वोच्च अदालतको प्रथम महिला न्यायाधीश सुशीला सिंह ‘शिलु’ को आत्माको चिरशान्तिको कामना गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको आकस्मिक बैठकले पूर्वन्यायाधीश सिंहको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरी शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो ।

काठमाडौँ जिल्लाको सोह्रखुट्टेमा १९९६ साल फागुन २२ गते जन्मनुभएका सिंह २०५८ वैशाख ६ गतेदेखि सर्वोच्च अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्त हुनुभएको थियो भने २०५९ साल पुस १५ गते स्थायी न्यायाधीशमा नियुक्त भई २०६२ साल फागुन २२ गते उमेर हदका कारण अवकाश लिनुभएको थियो ।

बैठकले पूर्वन्यायाधीश सिंहको शुक्रबार भएको असामयिक निधनले न्याय र कानूनका क्षेत्रमा अपूरणीय क्षति भएको जनाएको छ । सर्वोच्च अदालतमा न्यायाधीशका रुपमा रहँदा उहाँले न्यायालयको श्रीवृद्धिका लागि योगदान अतुलनीय रहेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विशेषगरी देवानी र फौज्दारी कानूनका क्षेत्रमा विशेष दखल राख्ने उहाँ एक निर्भीक, मिलनसार, मृदुभाषी, न्यायको मर्मज्ञ, कानूनको क्षेत्रमा अनुभवी न्यायिक व्यक्तिका रुपमा रहनुभएको थियो । उहाँको शनिबार अन्तिम संस्कार गरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi