neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा अहिले राजसंस्थाको टड्कारो आवस्यकता : राप्रपा अध्यक्ष डा. लोहनी

नेपालमा अहिले राजसंस्थाको टड्कारो आवस्यकता : राप्रपा अध्यक्ष डा. लोहनी

May 24th, 2020

काठमाडौ, जेठ ११

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालमा अहिले राजसंस्थाको टड्कारो आवस्यकता रहेको बताएका छन् । ‘अब संविधानभित्र आलंकारिक राजसंस्था नेपालमा नभई नहुने’ भन्दै राप्रपा अध्यक्ष लोहनीले आफ्नो विचार सामाजिक संजालमार्फत आइतबार सार्वजनिक गरेका हुन् ।

देशमा आलंकारिक राजसंस्थाको आवश्यकता छ भन्ने ‘चेतना पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमा पक्कै आउने’ विश्वास डा .लोहनीले लिएका छन् । ‘डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रले दरबार छोडी सकेपछि पनि पूर्वराजा ज्ञानेन्द्रको प्रखर आलोचकको रूपमा आफुलाई चिनाउदै आएका थिए । तर आज पूर्वराजा ज्ञानेन्द्रको प्रखर प्रशंसक बनेको पढेँ, त्यसमा खुशी लाग्यो,’ लोहनीले भने ।

राजसंस्था सहितको प्रजातन्त्रको पक्षधर लोहनी भ्रष्टाचार विरोधी अभियानमा समेत सक्रिय छन् । सामाजिक न्याय, समावेशी प्रजातन्त्रका पक्षधर लोहनी, अन्याय र अत्याचार विरुद्ध बोल्ने वक्ताका रुपमा परिचित छन् । पछिल्लो समय राजनीतिमा उनले युवा पुस्ताको पैरवी गर्दैछन् ।