neapl investment mega bank
  • गृहपृष्ठ
  • एनआरएनएले दियो भरतपुरलाई व्यक्तिगत सुरक्षा सामग्री

एनआरएनएले दियो भरतपुरलाई व्यक्तिगत सुरक्षा सामग्री

May 24th, 2020

काठमाडौँ, ११ जेठ (रासस)

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का तर्फबाट भरतपुर महानगरलाई स्वास्थ्यसँग सम्बन्धित व्यक्तिगत सुरक्षालगायत अत्यावश्यक सामग्री उपलब्ध गराइएको छ । एनआरएनएका सहकोषाध्यक्ष लोकप्रसाद दाहालको पहलमा सचिव गौरी जोशी अमेरिका र आरके शर्मा कतारका तर्फबाट महानगरलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको हो । ती सामग्री रु सात लाख ३३ हजारबराबरका छन् ।

सहकोषाध्यक्ष दाहालका अनुसार १०० थान पिपिइ , एन ९५ मास्क ५०० र लेजर गन २५ थानलगायत सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो । विश्वव्यापी विपद्का रुपमा देखिएको कोरोना भाइरससँग जुुध्नका लागि नेपाली हुनुको हैसियतले सङ्कटको समयमा सहयोग उपलब्ध गराइएको उहाँको भनाइ छ ।

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । बेल्जियमबाट रासससँग टेलिफोनमा कुरा गर्दै दाहालले युरोपमा कोरोनाको सङ्क्रमणको दर क्रमशः कम हुँदै गएका कारण जनजीवन सामान्य हुनेतर्फ केन्द्रित रहेको जानकारी दिनुभयो । उहाँले क्रमशः पसल तथा रेष्टुराँ खुल्ने क्रम शुरु भएको छ । होटलमा भने पाहुना नभएका कारण उस्तै समस्या रहेको छ ।

क्रमशः जनजीवन सामान्य अवस्थामा फर्काउने तयारीका साथ काम भइरहेको र नेपालीको अवस्थाबारेमा एनआरएनएले क्रमशः तथ्याङ्क सङ्कलन गरी राहत तथा अन्य सहयोग उपलब्ध गराइरहेको छ । बेल्जियम सरकारले एनआरएनएलाई १० हजार युरोबराबरको राहत उपलब्ध गराएका कारण समस्यामा परेका नेपालीलाई सहज भएको छ । यस्तै स्पेन र इटालीले पनि क्रमशः पाँचरपाँच हजार युरोबराबरको राहत उपलब्ध गराएको छ ।

उहाँका अनुसार युरोपका विभिन्न देशले सामाजिक दूरी कायम राख्न, मास्क, पञ्जालगायतका व्यक्तिगत सुरक्षा सामग्री लगाएरमात्रै बाहिर निस्कन कडा निर्देशन दिएको छ । मास्क र पञ्जा नलगाई हिँड्नेलाई पक्राउ गरी कारवाही गर्ने र जेलसमेत हाल्ने चेतावनी दिएको छ । विशेषगरी साइप्रस, माल्टालगायत देशमा भने सबैभन्दा बढी मारमा विद्यार्थी र कामदार परेको जानकारी आएको उहाँले बताउनुभयो ।

केही मुलुकले त नेपाल फर्कन चाहने भए सहजीकरण गरिदिन विद्यार्थीलाई आग्रहसमेत गरेका छन् । लकडाउन खुले पनि तत्काल काम पाउने अवस्था नभएका कारण कामदार प्रवेशाज्ञामा पुगेका र विद्यार्थीका लागि भने समस्या पर्ने देखिएको छ । बेलायतबाहेक अन्य देशमा नेपाली सङ्क्रमित भए पनि मृत्युको अवस्था भने न्यून रहेको र सङ्क्रमित पनि क्रमशः निको भएर आफ्नो निवास फर्किसकेको अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

नेपाल फर्कन चाहने विद्यार्थी तथा कामदारको तथ्याङ्क सङ्कलन गर्न नेपाल सरकारले गरेको आग्रहअनुसार आफूहरु सो काममा समेत खटेको सहकोषाध्यक्ष दाहालले जानकारी दिनुभयो । यसअघि दाहालले नै पोर्चुगल र स्पेनमा रहेका नेपालीलाई व्यक्तिगन पहलमा नै सुरक्षा सामग्री तथा मेडिकल मास्कसमेत उपलब्ध गराउनुभएको थियो ।

एनआरएनका अनुसार संयुक्त अरब इमिरेट्समा नौ, साउदी अरबमा पाँच, बेलायत र नेपालमा दुईरदुई तथा संयुक्त राज्य अमेरिका, कतार र कुवेतमा एकरएक नेपालीको यो साता निधन भएको हो । एनआरएन स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्ककानुसार सबैभन्दा बढी बेलायतमा ६५ गैरआवासीय नेपालीको मृत्यु भएको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार युएइमा १८ नेपालीको निधन भएको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ । यसैगरी साउदी अरबमा सात, नेपालमा तीन तथा कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, बहराइन, स्विडेन, कतार र कुवेतमा एकरएकजनाको मृत्यु भएको एनआरएन, कोभिड–१९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi