neapl investment mega bank
  • गृहपृष्ठ
  • भद्रपुरमा कोभिड विशेष अस्पताल र पिसिआर प्रयोगशाला निर्माण हुने

भद्रपुरमा कोभिड विशेष अस्पताल र पिसिआर प्रयोगशाला निर्माण हुने

May 24th, 2020

भद्रपुर, ११ जेठ (रासस)

भद्रपुरस्थित मेची अञ्चल अस्पतालको नयाँ भवनमा प्रदेश नं १ सरकारको सहयोगमा १०० श्ययाको कोभिड विशेष अस्पताल निर्माण हुने भएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम, अनुगमन तथा समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले अस्पतालको नयाँ भवनमा छुट्टै कोभिड अस्पताल र नजिकै रहेको स्वास्थ्य कार्यालयको तालिम केन्द्रमा पिसीआर प्रयोगशाला राख्ने निर्णय भएको बताउनुभयो ।

झापामा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये ३३ जना कचनकवल गाउँपालिकाका छन् । बाह्रदशी र दमकका एक–एक जना निको भएर घर फर्किसकेका छन् भने झापा गाउँपालिकाका एक सङ्क्रमित थपिएका छन् । पूर्वीनाका काँकडभिट्टालगायतका सीमावर्ती क्षेत्रबाट सयौँ नेपाली घर फर्कन थालेपछि उनीहरुको कोभिड परीक्षणका लागि झापामै पिसीआर प्रयोगशाला र कोभिड अस्पताल निर्माण हुनुपर्ने जरुरी देखिएको थियो ।

कोभिड विशेष अस्पताल बनाउने भनिएको नयाँ भवन निर्माणको अन्तिम चरणमा रहेको हुँदा त्यसलाई पूरा गर्न केही बजेट आवश्यक पर्ने प्रदेशसभा सदस्य वसन्त बानियाँले बताउनुभयो । अहिलेलाई तत्कालीन जनस्वास्थ्य कार्यालयको तालिम केन्द्र खाली र पूर्वाधारयुक्त भएको हुँदा पिसीआर प्रयोगशाला मेसिन आउनासाथ सञ्चालनमा ल्याउन सकिने अवस्था छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi