neapl investment mega bank
  • गृहपृष्ठ
  • श्रोत नखुलेको नौ लाख रुपैयाँ नगद सहित पक्राउ

श्रोत नखुलेको नौ लाख रुपैयाँ नगद सहित पक्राउ

May 23rd, 2020

सप्तरी, जेठ १०

हनुमाननगर नगरपालिका १४ कोसी बलार भन्ने ठाउँबाट श्रोत नखुलेको नगद नौ लाख रुपैयाँ सहित भारत सुपौल बथ्नाह गाउँ पन्चायत १७ बस्ने २८ वर्षीय फुल कुमार मेहतालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रामपुर मल्यनियाँबाट खटिएको प्रहरीले नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको तरकारी बोक्ने झोलाभित्र उक्त नगद फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi