neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारको बेवास्ताका कारण दैनिक उपभोग्य वस्तु खरीदमा समस्या, कायम भएन सामाजिक दुरी

सरकारको बेवास्ताका कारण दैनिक उपभोग्य वस्तु खरीदमा समस्या, कायम भएन सामाजिक दुरी

May 23rd, 2020

आधारभूमि संवाददाता
भक्तपुर, १० जेठ

सामाजिक दुरी कायम गरौं कोरोना भगाऔँ भन्ने मुल नारालाई बेवास्ता गरेको पाइएको छ । भक्तपुर सूर्यविनायक नगरपालिकाको वडा नं २ का केही किराना पसल र तरकारी पसलमा सामान खरीद गर्दा सामाजिक दुरी कायम नगरिएको पाइएको छ । सो स्थिति कायम हुनुमा सरकारले दैनिक उपभोग्य वस्तुको व्यवस्थापन मिलाउन नसक्नु नै पहिलो कमजोरी देखिएको छ ।

उक्त ठाउँमा सुरक्षामा खटिएका सुरक्षाकर्मीसँग यस विषयमा कुरा गर्दा, कुनै पनि व्यक्तिले भनेको नसुन्ने जवाफ पाइयो । कोरोनासँग बच्न समयमै जनता र सरकार सचेत हुनुपर्ने होइन र ? यस्ता साना तर महत्वपूर्ण कुरामा ध्यान नदिदा ठुला शक्तिशाली राष्ट्रमा हजारौँ मानिसहरुले ज्यान गुमाइ सकेका छन् । त्यसैले यस विषयमा समयमै सचेत भई आफ्नो र अरुको अमूल्य जीवन बचाऔँ ।