काठमाडौ, जेठ ९
नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु , बि।पी कोइराला स्वास्थ बिज्ञान प्रतिष्थान, धरान र किटजन्नय रोग अनुसन्धान तथा तालिम केन्द्र , हेटौंडामा गरिएको परीक्षणमा नयाँ ९ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमण हुनेमा मकवानपुर हेटौंडा-३ निवासी ५४ वर्षीया महिला, भक्तपुर-९ निवासी ४२ वर्षीया महिला, सप्तरी बलान–बिहुल गाउँपालिका निवासी ३५ वर्षीय पुरुष र बारा सिमरनगढ निवासी २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरूषहरू रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमित सबै जनाको अवस्था सामान्य रहेको छ र उनीहरू स्वास्थ्यकर्मीका निगरानीमा रहेका छन् ।
योसँगै संक्रमितको कूल संख्या ५१६ पुगेको छ भने सङ्क्रमणबाट निको भइ ७० जना घर फर्किसकेका छन् ।