neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरीपैठारी तथा चोरी निकासीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारी तथा चोरी निकासीको सामान बरामद

May 22nd, 2020

रौतहट, जेठ ९

रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ लक्ष्मिपुर स्थित सीमा ईलाकाबाट जेठ ९ गते एपीएफ टोलीले करीव एक लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा चोरीनिकासीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको किराना सामान तथा बीउबिजन र नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको ६ कार्टुन मदिरा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलविछवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय गौरमा बुझाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi