neapl investment mega bank

एपीएफ टोलीले नदीबाट शब निकाल्यो

May 21st, 2020

काभ्रेपलाञ्चोक, जेठ ८

काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाँउपालिका ८ सापिङस्थित भित्री सडकखण्डको सिलामे भिरमा बलेरो जीप दुर्घटना भएर सुनकोशी नदीमा बेपत्ता भएका दुई जना मध्ये एब जनाको शब एपीएफ टोलीले बैशाख ८ गते विहान नदीबाट बाहिर निकालेको छ ।

सो ठाउँमा बैशाख ७ गते भएको सो जीप दुर्घटनामा परी बेपत्ता भएका सोही जिल्लाको भुम्लु गाँउपालिका ८ सापिङ बस्ने २६ बर्षिय अशोक गिरी र २८ बर्षिय भोला महतको खोजी गर्ने क्रममा एपीएफ टोलीले भोला महतको शब फेला पारी नदीबाट बाहिर निकालेको हो ।

सो दुर्घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण काभ्रेपलाञ्चोक र नम्बर १६ गण सिन्धुपाल्चोकबाट एपीएफ टोली खटिइ गई खोजी कार्यमा जुटेको थियो । सो दुर्घटनामा बेपत्ता भएका अर्का अशोक गिरीको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण काठमाडौंबाट गोताखोरसहितको एपीएफ टोली खटिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi