neapl investment mega bank
  • गृहपृष्ठ
  • हत्या गरिएका युवकको १८ वर्षपछि संस्कार

हत्या गरिएका युवकको १८ वर्षपछि संस्कार

May 21st, 2020

गुलरिया, ८ जेठ (रासस)

द्वन्द्वका समयमा राज्य पक्षबाट हत्या गरिएका बर्दिया, राजापुर नगरपालिका– ५ श्रीपुरका ३० वर्षीय अनिलकुमार थारुको १८ वर्षपछि अन्तिम संस्कार भएको छ । पीडित परिवारले बुधबार थारु संस्कारअनुसार सद्गत गरेका हुन् ।

द्वन्द्वका समयमा हत्या भए पनि आफ््नै आँखाले शव नदेखेका कारण १८ वर्षसम्म अन्तिम संस्कार नगरिएको अनिलकी आमा लहियाले बताउनुभयो । हत्या भएको भन्ने अरुबाट सुनेको र शव नदेखेका कारण जिउँदै छ कि भन्ने आशाले अहिलेसम्म बसिरहे पनि अब आशा मरेकाले अन्तिम संस्कार गरिएको अनिलका बुवा विक्रमबहादुरले बताउनुभयो ।

अनिलकुमारलाई माओवादी कार्यकर्ता भएको भन्दै २०५९ पुस १४ गते राजापुर नगरपालिका –१० कालाबञ्जर गाउँबाट लखेट्दै आनन्दनगरमा पु¥याई कब्जामा लिएर गोली हानी शव सोही ठाउँमा गाडेको थियो । जिल्लामा सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका केही व्यक्तिका परिवारले कानूनी समस्याका कारण पनि अन्तिम संस्कार गरेको द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरीले बताउनुभयो । द्वन्द्वपीडितले सत्यतथ्य पत्ता लगाउन माग गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजूरी दिए पनि आयोगले समयमा काम गर्न नसक्दा अलमल भएको उहाँको भनाइ छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi