neapl investment mega bank
  • गृहपृष्ठ
  • स्वास्थ्य मन्त्रालयको बिभिन्न पदमा जागिर लगाई दिन्छु भनी ठगी गर्ने ब्यक्ति पक्राउ

स्वास्थ्य मन्त्रालयको बिभिन्न पदमा जागिर लगाई दिन्छु भनी ठगी गर्ने ब्यक्ति पक्राउ

May 21st, 2020

काठमाडौ, जेठ ८

स्वास्थ्य मन्त्रालयको बिभिन्न पदमा जागिर लगाई दिन्छु भनी ठगी गर्ने ब्यक्ति पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखाले ठगी कार्यमा संलग्न काठमाडौ तारकेश्वर नगरपालिका बालाजुु बस्ने ४५ बर्षिय सरोजकुमार चापागाईलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेको चापाईगाई यहअघि बिसं २०७२ सालमा पनि निलिमा महर्जन र आकृती डंगोलसंग प्रतिव्यक्ति दुुई लाखको दरले जम्मा चार लाख ठगी गरेको कसूरमा नख्खु कारागारमा चार बर्ष कैद भुक्तान गरेको खुल्न आएको छ । उनले बिभिन्न समयमा आफुलाई बिभिन्न उच्चपदस्थ अधिकारीहरुको पि.ए. भनी कारागार तथा कार्यालयहरुमा फोन गरी कैदीहरुलाई रिहा गर्न आदेश दिएको भन्ने बुझिएको प्रहरीले जनाएको छ । आफुलाई प्रहरीको उच्च अधिकृत हुँ भनी बिभिन्न ब्यक्तिहरुलाई धम्क्याउने गरेको, जिल्ला खोटाङ ऐसेलुखर्क बाकाचौल घर भएकी मुना पाण्डेलाई जागिर लगाई दिन्छु भनी पटकपटक गरी दुुई लाख रुपैयाँ लिएको, आर्मी स्कुलमा बच्चा भर्ना गराई दिन्छु भनी प्रलोभन देखाउने गरेको, बिभिन्न ब्यक्तिहरुसंग सवारी चालक अनुमती पत्र बनाई दिन्छु भनी रकम ठग्ने गरेको खुल्न आएको छ ।

पक्राउ परेका चापागाईको साथबाट निजको फोटो टाँसिएको राम बहादुर थापा नामको सशस्त्र प्रहरी नायव उपरीक्षकको नक्कली परिचय पत्र एक थान, खरिदार पदको नक्कली परिचय पत्र दुई थान, बा. ९० प ९५५५ नम्बरको कालो रङको स्कुटर थान, मोबाईल एक थान, पाँच थान सिमकार्ड थान, बिभिन्न ब्यक्तिहरुको पासपोर्ट साईजको फोटो भएको थान १० थान र एक लाख २० हजार रुपैयाँ नगद बरामद गरिएको छ ।

प्रहरीका अनुसार आफूलाई सशस्त्र प्रहरी नायव उपरीक्षक भएको बताई बिभिन्न ब्यक्तिहरुलाई स्वास्थ्य मन्त्रालयको खरिदार , रिसेप्सनिष्ट, सहायक लेखापाल जस्ता महत्वपुर्ण पदमा जागिर लगाई दिन्छु भनी बिभिन्न प्रलोभनमा पारी पिडितहरुलाई खरिदार पदको नक्कली परिचय पत्र समेतबनाई झुक्यानमा पारी पिडितबाट पटक – पटक रु. १,८५,०००– (एक लाख पचासी हजार) लिई ठगी कार्य गरेको भन्ने महाशाखामा प्राप्त सूचनाको आधारमा यस महाशाखाबाट खटि गएको बिशेष प्रहरी टोलिले जिल्ला काठमाण्डौं तारकेश्वर नगरपालिका वडा नं. ३ बस्ने बर्ष ४५ को राजकुमार चापागाईलाई का.जि. पेप्सीकोला बाट सम्झना के.सी भट्टराईसंग रु. १,२०,०००।– (एक लाख बिस हजार) लिदै गर्दाको अबस्थामा पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi