neapl investment mega bank
  • गृहपृष्ठ
  • ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

May 21st, 2020

काठमाडौ, जेठ ८

ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर ललितपुरले जय बहादुर घले भन्ने प्रकाश घलेले ठगी कार्यमा संलग्न भएको आधारमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार यही जेठ २ गते बिहान सात बजेको समयमा ललितपुर जिल्ला ल.पु.म.न.पा. वडा नं. ५ लगनखेल स्थित बा ६९ प १४०२ नं.को स्कुटरमा आएका जिल्ला मकवानपुर राक्सिराङ गा.पा.वडा नं.४ घर भई हाल ललितपुर जिल्ला ल.पु.म.न.पा.१३ कुसुन्ती बस्ने बर्ष ३९ को जय बहादुर घले भन्ने प्रकाश घलेले पाटन अस्पतालमा छोराको उपचार गराउन आएका जिल्ला सोलुखुम्बु माता दुघकोशी गा.पा.वडा नं.३ बस्ने भक्तबिर राईलाई निजहरु बिच पुर्व चिनजान रहेको बिश्वाश दिलाई तपाईको छोराको उपचारमा सहयोग गर्छु तपाई संग कति रकम छ रकम अपुग भएमा बैंकबाट निकालेर दिन्छु भनि प्रलोभनमा पारेका थिए ।

सोही आधारमा घलेले झुक्काएर निज भक्तबिर राईलाई सोही स्कुटरमा राखी बिभिन्न बैंकहरुमा घुमाई अन्ततस् झुक्याई निज भक्तबिर राईको साथमा रहेको नेपाली नगद एक लाख रुपैयाँ लिई ठगी गरी फरार रहेकोमा सिसिटीभी फुटेजको आधारमा यस कार्यालय तथा महानगरीय अपराध शाखा ललितपुर समेतबाट खटिएको संयुक्त टोलीले खोजतलास गर्दै जादाँ प्रकाश घलेलाई जि.ललितपुर ल.पु.म.न.पा.१३ कुसुन्तीमा यही जेठ सात गते साँझ १७ः३० बजेको समयमा फेला पारी निजको डेरा कोठा तलासी लिदा नगद ५३ हजार रुपैयाँ नगद र घटनामा प्रयोग भएको स्कुटर सहित पक्राउ गरी ठगी सम्बन्धी मुद्धामा सम्मानित ललितपुर जिल्ला अदालतबाट दिन ५ को म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi