neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ

एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ

May 20th, 2020

पश्चिम नवलपरासी, जेठ ७

पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका ४ पाचपेडा र सरावल गाउँपालिका ७ खजुरा खोलाको किनारबाट जेठ ६ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको सरावल गाउँपालिका ९ रामग्राम बस्ने २७ वर्षिय जोगेन्द्र हरिजन छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुजहवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज हरिजनलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजापाम ४ सय ९४ वटा, फेनारगन ५ सय वटा, नाईट्राभेट ट्याब्लेट १ हजार ७ सय ९ वटा, स्पास्मो प्रोक्सिभन प्लस ९६ वटा, नोफिन इन्जेक्सन ४ सय ९३ र वानरेक्स ७ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेका हरिजनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi