neapl investment mega bank
  • गृहपृष्ठ
  • घरेलु लघुवित्तद्वारा कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग

घरेलु लघुवित्तद्वारा कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग

May 20th, 2020

काठमाडौ, जेठ ७

घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरसको संक्रमण विरुद्घ लड्न स्थानीय निकायलाई आर्थिक सहयोग गरेको छ । लघुवित्तको शाखा कार्यालयहरु धनुषाधाम, धनुषा, आर्दश कोलवाल, बारा र कोल्हुवा, नवलपुरका शाखा प्रबन्धकहरु क्रमशः ज्ञानेन्द्र कुमार यादवले धनुषाधाम नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीलाई कुन्दन प्रसाद कुशवाहले आदर्शको तवालगाउँपालिकाको प्रशासकिय अधिकृत मो.मुूस्तुफा अन्सारीलाई र शिवराज उपाध्यायले मध्यविन्दु नगरपालिकाको मेयर चन्द्र बहादुर रानालाई सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कोरोना भाइरस (कोभिड १९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा रुपैया १० हजार रुपैयाँ आर्थिक सहयोगको चेक हस्तान्तरण गरेका हुुन ।

यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखापरेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ ।